दफा ३५
गैरसरकारी संस्थाहरुले प्राप्त गर्ने अनुदानमा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्था
संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका गैरसरकारी संस्थाहरुले दातृ निकाय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट प्राप्त अनुदानमा मूल्य अभिवृद्धि कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई संवत्‌ २०८० साल मंसिर मसान्तसम्ममा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिएमा निर्धारण भएको मूल्य अभिवृद्धि कर र त्यसमा लागेको थप दस्तुर, ब्याज र जरिबाना मिनाहा हुनेछ।